सुदूरपश्चिममा शेखर कोइरालालाई १५ किलोको माला

हिमाल प्रेस ५ पुष २०८१ १६:१०
22
SHARES
सुदूरपश्चिममा शेखर कोइरालालाई १५ किलोको माला

धनगढी- सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ । नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइएको हो । नेता कोइरालालाई धनगढी विमानस्थालमा बजागाजासहित भव्य स्वागत गरिएको थियो ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डेसहितका डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो । १५ औं महाधिवेशनका लागि शुभकामना दिँदै नेता कार्यकर्ताले नेता कोइरालाको पक्षमा नारा समेत लगाएका थिए।

साथै, स्वागतका लागि थारु सांस्कृति झल्कने पहिरन सहित नृत्य गरिएको थियो । स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रर्दशन गरिएको थियो । आगामी महाधिवेशनमा फेरि सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका कोइराला यसपटक सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिम पुगेर आफू पुन:उम्मेदवार हुन लागेको सन्देश दिएका हुन्।  धनगढीमा रहँदा शेखरले सुदूरपश्चिममा विभिन्न जिल्लाका नेता कार्यकर्ता भेट्ने योजना बनाएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।

प्रकाशित: ५ पुष २०८१ १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast