नेपाली सेनाद्वारा प्रेसर कुकर बम निष्क्रिय

हिमाल प्रेस ५ पुष २०८१ १५:२५ | Friday, December 20, 2024
नेपाली सेनाद्वारा प्रेसर कुकर बम निष्क्रिय

भैरहवा– भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ।

मेडिकल कलेजको मालीले रुख काटिरहेको अवस्थामा बिहान करिब १० : ३० बजे पुरानो प्रेसरकुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिफ।

‘बम पुरानो खिया लागेको अवस्थामा थियो, नेपाली सेनाले निष्क्रिय गरेको छ,’ कार्कीले भने, ‘कसले र कहिले राख्यो यो विषयमा केही खुलेको छैन, अनुसन्धानको क्रममै रहेका छौँ।’

प्रेसर कुकरको ह्याण्डललाई डोरीले बाँधेर त्यसमा घडी ब्याट्रीलगायतका उपकरण जडान गरिएको थियो। ब्यागमा राखेको अवस्थामा कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको थियो। बमलाई भैरहवास्थित कालीभक्ति गणको नेपाली सेनाले निष्क्रिय गरेको थियो।

प्रकाशित: ५ पुष २०८१ १५:२५ | Friday, December 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast