लक्ष्मी ग्रुपको ५१ औँ वार्षिकोत्सव सम्पन्न

हिमाल प्रेस ५ पुष २०८१ १५:११ | Friday, December 20, 2024
लक्ष्मी ग्रुपको ५१ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ- लक्ष्मी ग्रुपले आफ्नो ५१ औँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ। आफूमातहतका विभिन्न संस्थामार्फत संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दै लक्ष्मी ग्रुपले शुक्रबार ५१ औँ वार्षिकोत्सव कार्यक्रम मनाएको हो।

ग्रुपअन्तर्गतको कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको सेरेब्ररल पल्सी सेन्टरमा ६० बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री उपलब्ध गराएको कम्पनीले जनाएको छ।

त्यस्तै ग्रुपले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको छ। रक्तदान कार्यक्रममा सयबढी कर्मचारीले सहभागिता जनाएका थिए।

लक्ष्मी ग्रुपअन्तर्गतको हुन्डाई काठमाडौँले नक्सालस्थित भाटभटेनी मन्दिर र आसपास क्षेत्रमा सफाइ अभियान पनि सञ्चालन गरेको छ।

सन् २९७३ मा लक्ष्मी मिठाई भण्डारको रूपमा मिठाई उत्पादनबाट व्यवसाय सुरू गरेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री वितरण र होम एप्लायन्सेसलगायत अन्य उत्पादन र सेवाका लागि कम्पनीहरूको समूह बनेको छ।

प्रकाशित: ५ पुष २०८१ १५:११ | Friday, December 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast