रवि लामिछानेलाई रहरले ठाउँठाउँ घुमाइएको होइन : गृहमन्त्री लेखक

हिमाल प्रेस ३ पुष २०८१ १६:००
22
SHARES
रवि लामिछानेलाई रहरले ठाउँठाउँ घुमाइएको होइन : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखक

गृहमन्त्री रमेश लेखकले पूर्वगृहमन्त्री रवि लामिछानेलाई रहरले ठाउँठाउँ नघुमाइएको बताएका छन्।

बुधबार पाल्पाको रामपुरमा नवनिर्मित इलाका प्रशासन कार्यालय भवनको उद्घाटन गर्दै उनले लामिछानेलाई रहरले नभइ अनुसन्धानका लागि ठाउँठाउँ घुमाइएको बताएका हुन्।

गृहमन्त्री लेखकले भने,‘जतिसुकै ठूलो मान्छे भए पनि अनुसन्धान हुन्छ। सबैमाथि अनुसन्धान हुन्छ। सरकारले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न लागि परेको छ। त्यहीअनुसार अनुसन्धान भइरहेको छ।’

राष्ट्रिय एजेन्डालाई सम्बोधन गर्न दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेको इतिहास केलाउँदै उनले दिगो शान्ति, विकास र सुशासन कायम गर्न वर्तमान सरकार बनेको बताए। कांग्रेस र एमाले मिल्दा सबै क्षेत्रमा आत्मविश्वास बढेको र संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउने गृहकार्यमा सरकार लागि परेको उनको भनाइ छ।

गृहमन्त्री लेखकेले कालिगण्डकी करिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना रहेको उल्लेख गरे। उनले चीन र भारतलाई जोड्ने बाटोमा रामपुर रहेको बताउँदै यसको सुन्दर भविष्य र सम्भावना रहेको जिकिर गरे।

भवनको उद्घाटन मात्र उपलब्धि नभएको भन्दै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीको जोड थियोे। ‘जिल्ला प्रशासन कार्यालयबाट पाउने सबै सेवा पाउने व्यवस्था गरिने छ। कर्मचारीको अभावले सेवा प्रवाहमा कुनै समस्या हुने छैन। यो सरकारको पहिलो प्राथमिकता नागरिकको सेवा गर्नु हो। यो त्यसैले बनेको हो,’ उनले भने।

प्रधानमन्त्री केपी शर्माले सहजरूपमा नागरिकलाई सेवा प्रवाह गर्न आफूहरूलाई निर्देशन दिनुभएको उनको भनाइ छ।

प्रकाशित: ३ पुष २०८१ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast