काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यमा सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो।
सोमबार तोलामा १ लाख ५१ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ।
चाँदी तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: २ पुष २०८१ १०:४७
प्रतिक्रिया