च्याउ र प्याजको भाउ घट्यो, आलु र ब्रोकाउली बढ्यो

हिमाल प्रेस २ पुष २०८१ ८:३८ | Tuesday, December 17, 2024
च्याउ र प्याजको भाउ घट्यो, आलु र ब्रोकाउली बढ्यो

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (मंगलबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज कन्य च्याउ र प्याजसहितका केही तरकारीको मूल्य घटेको छ। त्यसैगरी आलु, ब्रोकाउली, साग, लौकासहितका केही तरकारीको भने मूल्य बढेको छ। तर, धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी रायोको साग छ भने महँगो तरकारी कुरिलो छ। रायोको साग प्रतिकिलो ३० रुपैयाँमा किनबेच भइरहँदा कुरिलोको मूल्य आज पनि किलोकै ११०० रुपैयाँ छ।

कालिमाटीमा आज सानो लोकल गोलभेँडा ५०, रातो आलु ६२, भारतीय रातो आलु ५५, तराईको बन्दा ५५, स्थानीय काउली ११०, तराईको काउली ८०, सेतो मुला ३५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी करेला र लौका ९५, हरियो फर्सी ४५, स्कुस ३०, रायोको साग ३०, कन्य च्याउ १६६, डल्ले च्याउ २८६, कुरिलो ११००, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो रातो आलु ६१, सेतो आलु ५५, भारतीय सुकेको प्याज ९०, तराईको गाँजर ८५, तराईको बन्दा ४५ रुपैयाँ प्रतिकिलो थियो। त्यसैगरी स्थानीय ज्यापु काउली १०५, तराईको काउली ८०, सेतो मुला २७, लौका र परबल ६५, पाकेको फर्सी ५५, हरियो फर्सी ४५, स्कुस ३०, कन्य च्याउ १८०, डल्ले च्याउ २९०, कुरिलो ११००, ब्रोकाउली ११० रुपैयाँ थियो।

प्रकाशित: २ पुष २०८१ ८:३८ | Tuesday, December 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast