सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा विष्ट, सञ्चारमन्त्रीले गराए शपथ

हिमाल प्रेस १ पुष २०८१ २०:३३ | Monday, December 16, 2024
सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा विष्ट, सञ्चारमन्त्रीले गराए शपथ

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट नियुक्त भएका छन्। गत शुक्रबारको मन्त्रिपरिषदको बैठकले डा. विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

डा. विष्ट यसअघि  नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष बनेका थिए। नवनियुक्त कार्यकारी अध्यक्ष विष्टलाई सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ गराएका थिए।

नेपाल टेलिभिजन र रेडियो नेपाल व्यवस्थापन गर्न सरकारले केही महिना अघि सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो। उक्त ऐन बमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा. विष्ट नियुक्ति भएका थिए।

प्रकाशित: १ पुष २०८१ २०:३३ | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast