काठमाडौँ- काठमाडौँ महानगरले आज शोक बिदा दिएको छ। पूर्वमेयर पीएल सिंहको निधनमा शोक बिदा दिएको हो।
काठमाडौँको पहिलो मेयर सिंहको सोमबार निधन भएको थियो। महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो।
प्रकाशित: १ पुष २०८१ ९:१३ | Monday, December 16, 2024
प्रतिक्रिया





