आज पुस १ : जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ र लोकतन्त्रमाथि राजाले ‘कू’ गरेको दिन

हिमाल प्रेस १ पुष २०८१ ६:४१
12
SHARES
आज पुस १ : जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ र लोकतन्त्रमाथि राजाले ‘कू’ गरेको दिन

काठमाडौँ- प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवस मनाइँदैछ।

विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएको बेला तत्कालीन प्रधानमन्त्री बीपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बीपी लगायतका नेतालाई बन्दी बनाइएको थियो। यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो।

सोही जेलमा बसेर बिपीले ‘श्वेतभैरवी’ कथासंग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गरेका थिए।

पुस १ गतेको घटनापछि बीपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो।

विसं २०६१ भदौ २४ गते बन्दी गृहलाई बीपी संग्रहालयका रूपमा घोषणा गरी सञ्चालनमा ल्याइएको छ। आजको दिन तरुण दललगायतले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन्। रासस

प्रकाशित: १ पुष २०८१ ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast