फाइल तस्बिर- रासस
काठमाडौँ- काठमाडौँमा चिसो बढेको छ। आज बिहान ५ः ४५ बजे काठमाडौँको तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको थियो। मौसम विद् विनु महर्जनका अनुसार देशभरको तापक्रम आज दिउँसो सामान्य रहनेछ।
आज राति भने कर्णालीलगायतका भागमा वर्षाको सम्भावना रहेको छ। आज दिउँसो उपत्यका र तराईंमा बाक्लो हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चिसोबाट सहज भएर बस्न मौसम विभागले अनुरोध गरेको छ।
प्रकाशित: १ पुष २०८१ ६:२६ | Monday, December 16, 2024
प्रतिक्रिया




