मोरङमा मध्यरातमा मोटरसाइकल दुर्घटना, बाबुछोराकै निधन

हिमाल प्रेस ३० मंसिर २०८१ १०:२६ | Sunday, December 15, 2024
मोरङमा मध्यरातमा मोटरसाइकल दुर्घटना, बाबुछोराकै निधन

मोरङ- मोरङमा तीव्र गतिको मोटरसाइकल मध्यरातमा दुर्घटना भएको छ। दुर्घटनामा बाबु–छोराको मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति १२ः१० बजेतिर मोरङको ग्रामथान गाउँपालिका २ झोराहाट चौकस्थित घिनाघाट सडक खण्डमा प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट विराटचौकतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर नहरको पुलमा ठोक्किएको थियो। प्रहरीकाअनुसार मोटरसाइकल चालक ग्रामथान १ बस्ने अन्दाजी २२ वर्षीय आशिक मरिक र पछाडि सवार ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो।

उनीहरू बाबु–छोरा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि विराट नर्सिङ होम अस्पताल पठाइएपनि चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० मंसिर २०८१ १०:२६ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast