तराईमा हुस्सु परेर जाडो बढ्छ : मौसम विभाग

हिमाल प्रेस ३० मंसिर २०८१ ६:५३
8
SHARES
तराईमा हुस्सु परेर जाडो बढ्छ : मौसम विभाग

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला देशभर मौसम मुख्यतया सफा छ। तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो र राति पनि देशभर मौसम मुख्यतया सफा रहने अनुमान छ। त्यसैगरी सोमबार दिउँसो पनि देशभर मौसम मुख्यतया सफा रहने छ। तर, सोमबार राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा सोमबार राति हल्का हिमपातको सम्भावना देखिएको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रकाशित: ३० मंसिर २०८१ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast