पोखरा- नेपाल पत्रकार महासंघ बागलुङमा राम थापा ‘अविरल’ निर्वाचित भएका छन्।
प्रेस सेन्टरका थापाले प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार तारानाथ आचार्यलाई पराजित गरेका हुन्।
निर्वाचित अविरलले कुल खसेको मतको ४६ र आचार्यले २३ मात्र मत ल्याए। निर्वाचन समितिले भने यसबारे आधिकारिक नतिजा सार्वजनिक गरिसकेको छैन।
राष्ट्रिय समाचार समितिमा आबद्ध उनी पछिल्लो समय पोखरामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन्।
कार्यसमिति उपाध्यक्षमा सुवास आचार्य, सचिवमा सिर्जना पन्त, सहसचिवमा नारायण रिजाल र कोषाध्यक्षमा डम्बर बुढा मगर निर्वाचित भएका छन्।
प्रकाशित: २८ मंसिर २०८१ २१:३४ | Friday, December 13, 2024
प्रतिक्रिया





