प्राज्ञिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनुपर्छ : प्रचण्ड

हिमाल प्रेस २८ मंसिर २०८१ ८:१३ | Friday, December 13, 2024
प्राज्ञिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनुपर्छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालय ‘मेरिटोक्रेसी’ का आधारमा चल्नुपर्ने बताएका छन्।

धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका-८ बिधाङको कालिका माध्यामिक विद्यालयमा बिहीबार आयोजित एकीकृत छात्रावास उद्घाटन एवं चैलिङ नमूना पर्यटकीय गन्तव्य गाउँ प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राज्ञिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनुपर्नेमा जोड दिएका छन्।

आफू प्रधानमन्त्री हुँदा शैक्षिक सुधारका लागि शिक्षा विधेयकमा सहमति कायम गराएर अगाडि बढाएको स्मरण गर्दै दाहालले शिक्षा क्षेत्रको सुधारबाटै समाज परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे। उनले आफू सरकार बाहिर रहे पनि सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढिरहेको बताए।

तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक संकटको अन्त्य गर्दै समृद्धिको पक्षमा काम गरेको बताउँँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि जोखिम उठाएर लडेको पार्टी र नेताको हैसियतले संघीयता कार्यान्वयनका लागि विभिन्न विधेयक र ऐनहरू बनाउने काममा मेहनत गरेको स्मरण गरे।

प्रकाशित: २८ मंसिर २०८१ ८:१३ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast