अन्तर्राष्ट्रिय विवाद समाधानका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री

हिमाल प्रेस २७ मंसिर २०८१ १९:२२
6
SHARES
अन्तर्राष्ट्रिय विवाद समाधानका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर

ललितपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलका रूपमा स्थापित गर्न सकिने बताएका छन्।

अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्मेलनमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विवाद समाधानका लागि आफूहरू प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्रीले नेपालको एडीआर प्रतिबद्धता र अन्तर्राष्ट्रिय कन्भेन्सनमा नेपालको सक्रियता उल्लेख गर्दै भने,‘नेपालले न्यूयर्क कन्भेन्सन र सिङ्गापुर कन्भेन्सनमा हस्ताक्षर गरी एडीआरका मापदण्डमा आफ्नो प्रतिबद्धता प्रकट गरेको छ।’

नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक तटस्थ र विश्वासनीय स्थलको रूपमा प्रस्तुत गर्ने लक्ष्यमा रहेको प्रधानमन्त्रीले बताए।

प्रकाशित: २७ मंसिर २०८१ १९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast