विदेशी विनिमय स्थिति २२५५ अर्ब

हिमाल प्रेस २७ मंसिर २०८१ १८:०८ | Thursday, December 12, 2024
विदेशी विनिमय स्थिति २२५५ अर्ब

काठमाडौँ- विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो चार महिनाको देशको वर्तमान तथा आर्थिक तथा वित्तीय स्थितिअनुसार कात्तिक मसान्तमा विदेशी विनिमय स्थिति २२५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई २००८ अर्ब १५ करोड रुपैयाँ पुगेको हो।

यसैगरी बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा१९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा कात्तिक मसान्तमा २८.४ प्रतिशतले वृद्धि भई २४७ अर्ब २० करोड रुपैयाँ कायम भएको छ।

२०८१ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

२०८१ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३९.५ प्रतिशत, १२६ प्रतिशत र ३१.४ प्रतिशत छन्। २०८१ असार मसान्तमा उक्त अनुपात क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थिए।

प्रकाशित: २७ मंसिर २०८१ १८:०८ | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast