धरौटी बुझाएलगत्तै पक्राउ परे दुर्गा प्रसाई

हिमाल प्रेस २७ मंसिर २०८१ १७:१८ | Thursday, December 12, 2024
धरौटी बुझाएलगत्तै पक्राउ परे दुर्गा प्रसाई दुर्गा प्रसाईं । फाइल तस्बिर

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ परेका छन्। विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ परेका हुन्। आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरी कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै प्रचार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले ४० हजार रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश दिएका थिए। उक्त धरौटी रकम बुझाउने बित्तिकै उनी फेरि पक्राउ परेका हुन्।

भारतीय गुन्डा नाइकेको नाममा भारतबाट नेपालका व्यवसायीलाई धमक्याउन लगाएको र रकम असुल गरेको अभियोगमा अनुसन्धान जारी रहेकोले उनलाई फेरि पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले हिमालप्रेसलाई जानकारी दिए।

प्रसाईले भारतीय गुन्डा लरेन्स विश्वोईको नाममा नेपालका व्यवसायीमाथि धम्क्याउन लगाएको अनुसन्धानमा खुलेको थियो। सोहीअनुसार विश्वोईको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयाललाई सीआईबीले पक्राउ गरिसकेको छ। उनी सीआईबीकै हिरासतमा छन्। उनले प्रसाईकै निर्देशनमा आफूले व्यापारीहरूलाई धम्क्याएको र पाँच लाख रुपैयाँ लिएको बयान सीआईबीलाई दिएका छन्।

यो पनि 

दुर्गा प्रसाईलाई ४० हजार धरौटीमा छाड्न आदेश

प्रकाशित: २७ मंसिर २०८१ १७:१८ | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast