अमेरिकी दूतावासको सहयोगमा लुम्बिनी संग्रहालय संरक्षण परियोजनाको उद्घाटन

हिमाल प्रेस २६ मंसिर २०८१ २१:४१
12
SHARES
अमेरिकी दूतावासको सहयोगमा लुम्बिनी संग्रहालय संरक्षण परियोजनाको उद्घाटन

काठमाडौँ- अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइकल हार्करले आज (बुधबार) लुम्बिनी सङ्ग्रहालय संरक्षण परियोजनाको उद्‍घाटन गरेका छन्।

सो सङ्ग्रहालयमा रहेका प्राचीन कलाकृतिको अमूल्य सङ्ग्रहको सुरक्षण, अभिलेखन र संरक्षण गर्न नेपालस्थित अमेरिकी दूतावासले राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) मार्फत करिब सवा तीन करोड रुपैयाँको अनुदान बुद्ध फाउन्डेसनलाई प्रदान गरेको छ। उक्त अनुदानले एउटा अत्याधुनिक संरक्षण प्रयोगशालाको स्थापना पनि गर्ने र पुरातात्त्विक संरक्षणको एउटा क्षेत्रीय हबको सिर्जना गर्ने दूतावासले जनाएको छ।

‘यस संरक्षण प्रयोगशालाको स्थापना लुम्बिनीका लागि एउटा ऐतिहासिक अग्रगामी कदम हो जसले लुम्बिनीलाई पुरातात्त्विक अनुसन्धान तथा संरक्षणको क्षेत्रीय केन्द्रमा रूपान्तरण गर्दछ,’ हार्करले भने, ‘यस परियोजनाले प्रतिस्थापन गर्नै नसकिने कलाकृतिको सुरक्षा गर्ने मात्र नभई नवप्रवर्तन र सहकार्यका अवसरहरूको सिर्जना पनि गरी नेपाललाई सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा एक अगुवाका रूपमा स्थापित गर्नेछ।’

एएफसीपीले विकासोन्मुख देशहरूमा सांस्कृतिक सम्पदाको संरक्षणका लागि प्रत्यक्ष अनुदान सहयोग प्रदान गर्ने गरेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ।

विगतका दुई दशकमा काठमाडौँस्थित नेपालमा २८ वटा सांस्कृतिक सम्पदा पुनर्स्थापना परियोजनाहरूका लागि ६१ करोड रुपैयाँभन्दा बढीको कोष प्रदान गरेको दूतावासले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०८१ २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast