२१ वर्षपछि बागलुङमा सडक स्तरोन्नति हुँदै

हिमाल प्रेस २६ मंसिर २०८१ ९:१४
2
SHARE
२१ वर्षपछि बागलुङमा सडक स्तरोन्नति हुँदै

बागलुङ- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ। लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका-८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो।

काठेखोला-८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार संघीय र प्रदेश सरकारको बजेटबाट गत वर्षदेखि नै स्तरोन्नति गर्न थालिए पनि कामले पूर्णता पाउन सकेको थिएन।

आर्थिक वर्ष २०८०/८१ मा पहिलो खण्डअन्तर्गत सुलडाँडा- भुदीखोला स्तरोन्नति भएको र यस वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको छ। चालु आर्थिक वर्षमा भुदीखोला-पैराखर्कसम्मको साढे तीन किलोमिटर ग्राभेलिङ गरिने उनले बताए। यो सडकका निम्ति रु पाँच करोड विनियोजन भएको छ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाखले तेस्रो खण्डअन्तर्गत पैराखर्क- शिवालय-पिपलथर -करलिम पनि चालु आवमा नै स्तरोन्नति गरिने उहाँले जानकारी दिए।

प्रकाशित: २६ मंसिर २०८१ ९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast