स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न मन्त्रालयको निर्देशन

हिमाल प्रेस १४ पुष २०७९ १६:०३ | Thursday, December 29, 2022
स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न मन्त्रालयको निर्देशन शिक्षा मन्त्रालय

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको छ।मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको हो।

मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ ले स्वदेशी तथा विदेशी संस्थाले शैक्षिक मेला वा प्रदर्शनीको आयोजना गर्दा मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। तर केही संस्था, व्यवसायी र

शैक्षिक परामर्शदाता संस्थाले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने गरेकाले त्यस्तो नगर्न सूचित गरेको छ।मन्त्रालयले अपुष्ट सूचना सामग्री राखी मेलाको प्रचार गर्ने गरेको भन्ने गुनासो आएकाले सूचना विपरित शैक्षिक मेला आयोजना गरेको पाइएमा प्रचलित कानून वमोजिम कारवाही गरिने चेतावनी दिएको छ।

प्रकाशित: १४ पुष २०७९ १६:०३ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast