गढीमाई भेला भरेर फर्किँदा दुर्घटना परेका ८ मृतककै सनाखत

हिमाल प्रेस २५ मंसिर २०८१ ९:४० | Tuesday, December 10, 2024
गढीमाई भेला भरेर फर्किँदा दुर्घटना परेका ८ मृतककै सनाखत

काठमाडौँ- रौतहटमा गाडी दुर्घटनामा मृत्यु हुने आठ जनाकै सनाखत भएको छ। मंगलबार मध्यराति १ बजेतिर चन्द्रपुर नगरपालिका-४स्थित पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा खण्डमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो।

सिराहा अर्नामा गाउँपालिका ३ बंठियाटोल बस्ने ६० वर्षीय लरुवतीदेवी महरा, ३० वर्षीय र्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी चमार, ६० वर्षीय रामकुमारी देवी महरा र ३० वर्षीय सकुन्तला देवि महराको मृत्यु भएको हो।

त्यस्तै ५० वर्षीय गाडी चालक श्रीकुमार यादवको पनि मृत्यु भएको हो। यस दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ६० वर्षीया कन्या देवि महराको थप उपचारका लागि बयोधा अस्पताल वीरगंज रिफर गरिएको छ।

मृतक आठै जनाको शव चपुरस्थित सरकारी अस्पतालमा पुर्‍याइएको छ। गाडी जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरमा लगिएको छ। उनीहरू गढीमाई मेला भरेर आएका थिए।

प्रकाशित: २५ मंसिर २०८१ ९:४० | Tuesday, December 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast