पर्सामा आज पनि रविको बयान, बयानपछि पोखरा फर्काइने

हिमाल प्रेस २५ मंसिर २०८१ ७:५२ | Tuesday, December 10, 2024
पर्सामा आज पनि रविको बयान, बयानपछि पोखरा फर्काइने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज बयान हुने भएको छ। हिजो पोखराबाट काठमाडौँ हुँदै पर्सा पुर्‍याइएका लामिछानेलाई आज बयान लिने प्रहरीको तयारी छ। बयान सकेलगत्तै आजै कास्की पठाउने पर्सा प्रहरीले जनाएको छ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो पोखराबाट हवाई मार्ग हुँदै काठमाडौँ ल्याई सिमरा पुर्‍याइएको थियो। त्यहाँबाट लामिछानेलाई गाडीमा वीरगन्ज लगिएको थियो।

लामिछानेलाई पर्सा लग्ने जानकारी पाएपछि उनका समर्थकहरूले सिमरामा प्रदर्शन गरेका थिए। लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई भने पोखराबाट सडक मार्ग हुँदै वीरगन्ज पुर्‍याइएको प्रहरीले जनाएको छ।

लामिछाने र जोशीमाथि वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ। यसअघि लामिछाने र जोशीलाई छानबिन गर्न कास्की जिल्ला अदालतले आइतबार चार दिनको म्याद थप गरेको थियो। लामिछाने गत कात्तिक २ बाट हिरासतमा छन्।

प्रकाशित: २५ मंसिर २०८१ ७:५२ | Tuesday, December 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast