उदयपुरमा जिप दुर्घटना : चालकको मृत्यु, ५ घाइते

हिमाल प्रेस २५ मंसिर २०८१ ७:२८ | Tuesday, December 10, 2024
उदयपुरमा जिप दुर्घटना : चालकको मृत्यु, ५ घाइते

काठमाडौँ- उदयपुरको लिम्चुङबुङ गाउँपालिका ३ मा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना यात्रु घाइते भएका प्रहरीले जनाएको छ।

सोमबार साँझ सदरमुकाम गाईघाटबाट लिम्चुङबुङको बराहतर्फ जाँदै गरेको ना १ च ३२६७ नम्बरको जिप लिम्चुङबुङ गाउँपालिका ३ स्थित तीनचोकेमा ब्रेक फेल भई सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी राजन चापागाईँका अनुसार दुर्घटनामा त्रियुगा नगरपालिका–१६ बस्ने वर्ष २६ का जिप चालक युवराज तामाङको घटनास्थलमै मृत्यु भएको हो।

गाडीमा सवार पाँच यात्रु घाइते भएका छन्। घाइते हुनेमा सोही लिम्चुङबुङ-४ बस्ने वर्ष १९ की सुस्मिता खत्री, वर्ष २१ को सुबिम खत्री र वडा नम्बर ३ का वर्ष ४७ का बलदीप राई, वर्ष ४१ की निललक्ष्मी राई र वर्ष ६२ की चरीमाया राई छन्।

डीएसपी चापागाईंका अनुसार घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल गाईघाट लगिएको छ।

प्रकाशित: २५ मंसिर २०८१ ७:२८ | Tuesday, December 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast