
काठमाडौँ- हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।
आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बीनी प्रदेश र कोशी प्रदेशको मौसम साधारणदेखि पूर्णतया बदली छ। देशका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मध्य र पूर्वी तराईका धेरे भूभागमा हुस्सु र थोरै भूभागमा अलिे कुहिरो लागेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा पनि भइरहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
प्रकाशित: २४ मंसिर २०८१ ६:१८
प्रतिक्रिया