दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना : प्रधानमन्त्री

हिमाल प्रेस २३ मंसिर २०८१ १७:१२ | Sunday, December 8, 2024
दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताएका छन्। एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे।

विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे।

उनले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरुलाई तथ्यहीन आरोप लगाए जस्तो नहुने उल्लेख गरे।

प्रकाशित: २३ मंसिर २०८१ १७:१२ | Sunday, December 8, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast