दमक भ्यु टावर उद्घाटनका लागि झापा जाँदै ओली

हिमाल प्रेस २३ मंसिर २०८१ ९:०२ | Sunday, December 8, 2024
दमक भ्यु टावर उद्घाटनका लागि झापा जाँदै ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा जाने भएका छन्। उनी दमकमा बनेको भ्युटावर उद्घाटनका लागि झापा जाने भएका हुन्।

उनी पर्सिमात्र काठमाडौँ फर्किने तयारी छ। हवाईमार्गमार्फत् गृहजिल्ला जान लागेका प्रधानमन्त्री ओली आज बिहान ११ बजे झापा ओर्लिने छन्। सुरुमा उनले मानव सेवा आश्रमको नयाँ भवनको उद्घाटन र अर्को भवनको शिलान्यास गर्ने कार्यक्रम छ।

त्यसपछि दिउँसो एक बजे १८ तले दमक बिजनेस कम्प्लेक्स उदघाटन गर्ने कार्यक्रम छ।

प्रकाशित: २३ मंसिर २०८१ ९:०२ | Sunday, December 8, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast