 
                             
                                            काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। तर चाँदीको मूल्य भने बढेको छ।
बिहीबार प्रतितोला एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन आज घटेर एक लाख ५० हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय घटेको हो।
चाँदीको मूल्य भने प्रतितोला १० ले बढेको छ। आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय ९० मा कारोबार भइरहेको छ।
                            प्रकाशित: २१ मंसिर  २०८१ १२:०९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 