
काठमाडौँ- भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँ आउने भएका छन्।
उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गर्ने भएका हुन्। चारपाँच घण्टाको सो ट्रान्जिटका अवसरमा राजा जिग्मेले स्वम्भु र बौद्धको दर्शन गर्ने बताइएको छ ।
प्रहरी स्रोतका अनुसार बिहान ९:५० बजेतिर नेपाल आइपुग्ने राजा सिग्मे एयरपोर्टबाट सीधै स्वयम्भूको दर्शनका लागि जाने बताइएको छ । उनी स्वयम्भूबाट दर्शनका लागि बौद्ध जाने बताइएको छ ।
दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको स्रोतले जनाएका छ । भुटानी राजाको सुरक्षा तथा अन्य सेवा सुविधाको व्यवस्था नेपाल सरकारले गरेको बताइएको छ । भुटानी राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था बुधबारदेखि कडा बनाइएको छ ।
उनी नेपालमा रहँदासम्म कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको प्रहरी स्रोतले दाबी गरेको छ ।