केही भूभागमा वर्षा, केहीमा हिमपात

हिमाल प्रेस २१ मंसिर २०८१ ६:२४
4
SHARES
केही भूभागमा वर्षा, केहीमा हिमपात

काठमाडौँ- हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहे पनि स्थानीय वायु सक्रीय हुँदा आंशिक बदलीदेखि हल्काखाले वर्षाको पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानूमान महाशाखाका अनुसार आज कोशी प्रदेश र गण्डकी प्रदेश लगायत बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भेगको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

२४ घण्टाको पूर्वानुमानमा कोशी प्रदेशको पहाडी भेगको एकरदुई स्थानमा हल्का वर्षाको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा एकरदुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयन सेवामा क्षणिक एवं आंशिक असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन मौसमविज्ञले सुझाव दिएका छन् ।

प्रकाशित: २१ मंसिर २०८१ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast