गृहमन्त्रीको ‘पीए हुँ’ भन्ने विष्ट पक्राउ

हिमाल प्रेस २० मंसिर २०८१ १८:४०
12
SHARES
गृहमन्त्रीको ‘पीए हुँ’ भन्ने विष्ट पक्राउ

काठमाण्डौं – गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी र प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पीएलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

गृहमन्त्री रमेश लेखकको पीए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई काठमाण्डौबाट पक्राउ गरिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पीए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।

उनले नक्कली पीए भन्दै ठगी गर्दै हिँडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको जानकारी दिँदै कानुनी कारबाही अघि बढिसकेको जानकारी दिए।

त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि नक्कली पीएको विषय सचिवालयमा जानकारी आएपछि केही समययता सुक्ष्म रुपमा जानकारी लिइरहेको थियो।

नक्कली पीएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालको आग्रहमा पक्राउ गरिएको हो। गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पीए र सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ।

प्रकाशित: २० मंसिर २०८१ १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast