रहेनन् इतिहासकार पुरुषोत्तमशमशेर राणा

हिमाल प्रेस २० मंसिर २०८१ १४:२५
10
SHARES
रहेनन् इतिहासकार पुरुषोत्तमशमशेर राणा इतिहासकार पुरुषोत्तमशमशेर राणा। तस्बिर साभार : हिमालखबर

काठमाडौँ- इतिहासकार पुरुषोत्तमशमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन्। उनका दुई छोरी र एक छोरा छन्।

राणाको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। राणाका ‘सम्झेका र सुनेका कुराहरु’, ‘भएका र गुज्रेका घटनाहरु’, ‘राणाकालीन ऐतिहासिक दरबारहरू’, ‘मेरा जीवनका स्मृतिहरू’, ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ भाग–१ र भाग–२ चर्चित पुस्तक हुन्। राणाकाल बुझ्न यी पुस्तक महत्त्वपूर्ण मानिन्छन्।

पुरुषोत्तमशमशेरको जन्म काठमाडौँको कान्तिपथस्थित चारबुर्जा दरबार (हालको निर्वाचन आयोग) मा भएको थियो। पुरुषोत्तमशमशेर वीरशमशेरका सन्तान हुन्। वीरशमशेरको काइँला छोरा रुद्रशमशेर उनका हजुरबुबा हुन्। रुद्रशमशेर नेपाली सेनाको कमान्डरर इन चिफ र नेपालका प्रथम फिल्ड मार्सल पनि थिए। उनका छोरा ईश्वरशमशेरको तीन छोरामध्ये जेठा हुन् पुरुषोत्तम।

तत्कालीन श्री ३ जुद्धले उनका हजुरबुवा रुद्रलाई भावी प्रधानमन्त्रीको रोलबाट निकालेर पाल्पा खेदेका थिए। त्यति बेला पुरुषोत्तम ९ वर्षका थिए। प्रारम्भिक शिक्षा घरमै लिएका उनले बनारस विश्वविद्यालयबाट बीकमसम्म अध्ययन गरेका थिए।

प्रकाशित: २० मंसिर २०८१ १४:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast