
उदयपुर- त्रियुगा नगरपालिका-११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा पाँच लाख बराबर रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा, सुनचाँदीलगायत पाँच लाख बराबरका सामान नष्ट भएको हो।
घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो। आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका थिए। रासस
प्रकाशित: २० मंसिर २०८१ ९:२५
प्रतिक्रिया