रास्वपाले भन्यो : चितवन प्रदर्शनमा घुसपैठ भयो

हिमाल प्रेस १९ मंसिर २०८१ १९:०२
18
SHARES
रास्वपाले भन्यो : चितवन प्रदर्शनमा घुसपैठ भयो रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनको प्रदर्शनमा घुसपैठ भएको जनाएको छ। आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा घुसपैठ भएको जनाएको हो।

‘हाम्रा प्रदर्शनमा पार्टी सदस्य तथा पार्टीका शुभचिन्तकहरूबाहेक कार्यक्रमलाई बिथोल्ने र हिंसात्मक बनाउने नियतले घुसपैठ भइरहेको प्रमाण हिजो पनि भेटिएको थियो र त्यस्तै उद्देश्य लिएर आएका व्यक्तिहरुबाट चितवनमा यस्तो भएको हुनसक्ने हाम्रो अनुमान छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘त्यस्ता व्यक्तिहरुको पहिचान गरी कानुनी कारवाही गरिनुपर्छ । र, यस प्रक्रियामा आवश्यक सहयोग गर्न रास्वपा सदैव तयार रहेको सम्बन्धित सबैमा स्पष्ट पार्न चाहन्छौं।’

रास्वपाले यस्ता खालका घटना नहोस् भनी चनाखो रही शान्तिपूर्वक र नियन्त्रित रूपमा विरोध कार्यक्रम सञ्चालन गर्न गराउन सम्पूर्ण पार्टी सदस्य तथा शुभचिन्तकहरूमा अनुरोधसमेत गरेको छ।

रास्वपा समर्थक र प्रहरीबीच बुधबार चितवनमा झडप भएको थियो। रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबिच झडप भएको हो। झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए। सोही क्रममा रास्वपाका कार्यकर्ताहरूले सञ्चारकर्मीमाथि पनि कुटपिट गरेपछि विरोध भएको थियो।

प्रकाशित: १९ मंसिर २०८१ १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast