गढीमाई मेलाको सुरक्षामा कुनै कमजोरी नगर्न गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस १९ मंसिर २०८१ १६:५४
12
SHARES
गढीमाई मेलाको सुरक्षामा कुनै कमजोरी नगर्न गृहमन्त्रीको निर्देशन बाराको गढीमाईमा गृहमन्त्री रमेश लेखक।

बारा- गृहमन्त्री रमेश लेखकले बाराको वरियारपुरस्थित गढीमाईको पूजाअर्चना गरेका छन्। गृहमन्त्री लेखकले लाखौँ श्रद्धालु भक्तजनको भीडभाडमा उपस्थितभई पूजा गरेका हुन्। विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रियस्तर एउटै ठूलो पहिचान दिएको भन्दैगढीमाई मन्दिरको संरक्षणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकले बताए।

गढीमाई मेलालाई व्यवस्थित बनाउन आफूले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकी नरहने गरी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले जानकारी दिए। मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले आवश्यक परेमा थप सुरक्षाकर्मी खटाइने गृहमन्त्री लेखकले बताए। गृहमन्त्री लेखकले पूजाअर्चनापछि बारा र पर्साका जिल्लाको प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसँगसंग भेटेर मेलामा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाई सुक्ष्म निगरानी राख्न निर्देशन दिएका थिए।

‘मेलामा आउने हरेक भक्तजनको सुरक्षामा कुनै कमी नहोस्। सुरक्षा निगरानी राख्न सीसी टीभी क्यामरा, सुरक्षा सर्बेलेन्स र हरेक उपकरणको प्रयोग गरेर निगरानी गर्नुहोला,’ उनले भने।

प्रकाशित: १९ मंसिर २०८१ १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast