दक्षिण कोरियाका राष्ट्रपतिविरूद्ध महाभियोग प्रस्ताव पेस

हिमाल प्रेस १९ मंसिर २०८१ १५:५२
12
SHARES
दक्षिण कोरियाका राष्ट्रपतिविरूद्ध महाभियोग प्रस्ताव पेस तस्बिर एपी

काठमाडौँ- दक्षिण कोरियाका राष्ट्रपति युक सुक–योलका विरूद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। देशमा सैनिक शासन लगाउने असफल प्रयासपछि विपक्षी दलका सांसदहरूले राष्ट्रपति युकविरूद्ध महाभियोग प्रस्ताव पेस गरेका हुन्।

राष्ट्रपति यूकले मंगलबार अबेर राति देशमा सैनिक शासन लगाउने प्रयास गरेका थिए।

दक्षिण कोरियामा सामाजिक कार्यकर्ताहरूले राष्ट्रपतिको राजीनामा माग्दै विरोध प्रदर्शनको तयारीसमेत गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार दक्षिण कोरियाको सबैभन्दा ठूलो सहर बुसानमा सामाजिक कार्यकर्ताहरू आगामी एक सातासम्म विरोधी ¥याली आयोजना गर्ने तयारी गरेका हुन्।

यसैबीच दक्षिण कोरियाको मुख्य श्रम संघले अनिश्चितकालीन हड्तालको आह्वान गरेका छन्।

मंगलबार राति दक्षिण कोरियाका राष्ट्रपति यूनले सैनिक शासन लागु भएको घोषणा गरेका थिए।

राष्ट्रविरोधी तत्वलाई अन्त्य गर्न सैनिक शासन लागु गरिएको राष्ट्रपति यूनले बताएका थिए। देशभर्र विरोध भएपछि बुधबार बिहान उनले यो निर्णय फिर्ता भएको घोषणा गरेका थिए।

प्रकाशित: १९ मंसिर २०८१ १५:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast