अब धान केले काट्ने? रिपर मेसिनले

हिमाल प्रेस १९ मंसिर २०८१ ११:५५
18
SHARES
अब धान केले काट्ने? रिपर मेसिनले

महोत्तरी- सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी सावित भएको छ।

धान भित्र्याउन आफैँले सञ्चालन गर्न सकिने हातेट्रयाक्टरजस्तो सानो मेसिन अहिले जलेश्वर र वरपरका किसानका लागि उपयोगी सिद्ध भएको जलेश्वर नगरपालिका-९ का किसान जितेन्द्र सिंहले बताए। चिनियाँ कम्पनीद्वारा आविष्कार गरी बजारमा ल्याइएको रिपर मेसिन डिजलबाट सञ्चालन हुने उनले बताए।

उक्त मेसिनले एक घण्टामा १० कठ्ठामा लगाइएको धानबाली काट्ने गरेको जलेश्वर नगरपालिका-८ का अर्का किसान अरुण पाण्डेले बताए।  रिपर मेसिन आउनुभन्दा अगाडि किसानले उक्त खेतमा लगाएको धान काट्न दुई-तीन लाग्ने गरेको बताए।

रिपर मेसिन प्रयोग हुनुअघि धान भित्र्याउन धेरै जनशक्ति आवश्यकता पर्ने गरेकामा हाल एक जना मेसिन चलाउने र एक जना काटिएको धान जम्मा गर्ने श्रमिक भए पुग्ने मेसिन प्रयोग गरेका जलेश्वर नगरपालिका-६ का किसान दिनेश मण्डलले बताए।

मेसिनले श्रम र समयको बचत हुनाले बिघौँबिघामा लगाएका धान भित्र्याउन सहज हुने जलेश्वर नगरपालिका-२ का किसान अनिल साहले बताए। रिपर मेसिनको मूल्य स्थानीय बजारमा दुई लाख १५ हजार रुपैयाँ पर्ने उनले जानकारी दिए। रासस

प्रकाशित: १९ मंसिर २०८१ ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast