बीआरआईबाट नेपालले लाभ लिनेछ : ओली

हिमाल प्रेस १९ मंसिर २०८१ ११:०५
18
SHARES
बीआरआईबाट नेपालले लाभ लिनेछ : ओली प्रम ओली पेकिङ विश्वविद्यालयमा बेइजिङ, चीन १९ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा बुधबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै । सो कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, नेपाली एवं चिनियाँ प्रतिनिधिको उपस्थिति रहेको छ । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

बेइजिङ- प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) बाट नेपालले लाभ लिने बताएका छन्।

पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए।

प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताए।

प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा गोङ छिहुङले स्वागत गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि सहभागिता थियो।

प्रधानमन्त्री ओलीले आजै उद्यमी– व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: १९ मंसिर २०८१ ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast