केन्द्रलाई बेवास्ता गरी विराटनगरमा शेखर कोइराला पक्षको भेला

हिमाल प्रेस १८ मंसिर २०८१ १६:४१
34
SHARES
केन्द्रलाई बेवास्ता गरी विराटनगरमा शेखर कोइराला पक्षको भेला

इटहरी- नेपाली कांग्रेसमा गुट विवादका कारण संस्थापन पक्ष र इतर पक्षबीच बेलाबेला आन्तरिक विवाद भइरहन्छ। तर, आन्तरिक विवाद भने सार्वजनिक रूपमै प्रस्तुत हुनेगरीको दृश्य पछिल्लोपटक देखिएको छ।

यही २२ गते शनिबार विराटनगरमा नेपाली कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलन हुँदैछ। सम्मेलनको उद्घाटन सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर द्उवाले गर्नेछन्। तर, त्यस अगावै इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइराला पक्षले विराटनगरमा पालिका सभापतिहरूको भेला राखेका छन्।

कोशी प्रदेशमा रहेका १३७ वटै पालिकाका सभापतिहरूलाई भेलामा निम्तो दिइएको थियो। जसमध्ये एक सय भन्दा बढी पालिका सभापतिहरू उपस्थित रहेको बताइएको छ। खासगरी उक्त कार्यक्रम डा. शेखरकै इच्छामा राखिएको बताइन्छ। मंगलबार विराटनगरमा कोइरालाको अगुवाइमा कोशी प्रदेशभित्रका आफ्ना समूहका पालिकाका सभापतिहरूको भेला जारी छ।

जुन कार्यक्रमलाई पार्टी केन्द्रीय कमिटिले भने मान्यता दिएको छैन। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक पत्र जारी गर्दै २२ गते निर्धारित कार्यक्रमबाहेक पार्टीको अरू कार्यक्रम नरहेको जानकारी गराएका थिए।

केन्द्रीय कार्यालयले मंसिर २२ गतेयता पार्टीका कुनैपनि कार्यक्रम नरहेको पत्रमार्फत प्रष्ट्याएपनि मंगलबार विराटनगरमा भेला जारी रहेको हो। नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले भने, ‘हरेक संकटमा विराटनगर जागेको छ। आज कांग्रेस कमजोर भएको अवस्थामा विराटनगरले सन्देश दिन खोजेको हो।’

दुई दिनसम्म चल्ने सम्मेलनले काङ्ग्रेसको महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने, सबै भातृ संस्थाका अधिवेशन गराउनुपर्ने र डा. शेखर कोइरालालाई आगामाी सभापति बनाउनुपर्ने निष्कर्ष निकाल्ने बताइएको छ।

प्रकाशित: १८ मंसिर २०८१ १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast