सिरहा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू सरकारमा जान हतार नगर्ने बताएका छन्।
सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नं. ३ मुसहर्नियामा आयोजित तीन दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उद्घाटन सत्रमा उनले भने, ‘वर्तमान सरकार ढालेर सरकारमा जान लालायित छैनौँ। मुख्य कुरा परिवर्तन ल्याउन सक्ने गरी मात्र सरकारमा जान्छौं।’
पार्टीले यतिबेला सरकारभन्दा पनि पार्टी र संगठन निर्माणलाई जोड दिएको उनको भनाइ थियो। नेता श्रेष्ठले पाँच वटा कार्यभार आत्मसात् गरेर माओवादी पार्टीअघि बढेको बताए।
प्रकाशित: १७ मंसिर २०८१ २१:४२
प्रतिक्रिया