कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल निर्वाचित

हिमाल प्रेस १७ मंसिर २०८१ २१:२२
58
SHARES
कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल निर्वाचित

काठमाडौँ – कीर्तिपुरको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन्।

माओवादी केन्द्रका शिवशरण महर्जनलाई ७७९ मतको अन्तरले पराजित गर्दै डंगोल कीर्तिपुरको मेयरमा निर्वाचित भएका हुन्। माओवादी केन्द्रका महर्जन दाेस्राेपटक मेयरमा पराजित भएका हुन्।

डंगोलले ५ हजार ३३४ मत ल्याउँदा महर्जनले ४ हजार ५५५ मत ल्याएका छन्। त्यस्तै एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएका छन्।

कीर्तिपुरमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले तालमेल गरेकाे थियो। कीर्तिपुरमा माओवादी केन्द्रलाई र काठमाडौँ वडा नम्बर १६ मा एकीकृत समाजवादीलाई सघाउने दुवै दलबीच सहमति थियो।

एकीकृत समाजवादीको साथ पाएपछि आशावादी देखिएको माओवादी केन्द्र कीर्तिपुरमा नतिजा निकाल्न सकेन। त्यस्तै काठमाडौँ वडा नम्बर १६ मा पनि एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार पराजित भएका छन्।

२०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकामा उपनिर्वाचन भएको हो। अघिल्लो निर्वाचनमा नकर्मीले ९ हजार ४३ मत प्राप्त गरेर मेयरमा निर्वाचित भएका थिए।

त्यो निर्वाचनमा कांग्रेसको प्रतिस्पर्धी नेकपा एमाले रहेको थियो। एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका थिए। त्यस्तै उपनिर्वाचनमा पराजित भएका महर्जन ४ हजार ९० मत ल्याएर तेस्रो भएका थिए।

प्रकाशित: १७ मंसिर २०८१ २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast