चितवनमा कांग्रेस-एमाले संयन्त्र गठन

हिमाल प्रेस १७ मंसिर २०८१ १५:१९
36
SHARES
चितवनमा कांग्रेस-एमाले संयन्त्र गठन

चितवन- चितवनमा नेपाली कांग्रेस र एमालेबीच दुई दलीय संयन्त्र गठन भएको छ। नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आइतबार उक्त संयन्त्र गठन गरिएको हो। नेपाली कांग्रेसबाट तीन र नेकपा एमालेबाट तीन जना रहने गरी संयन्त्र गठन गरिएको छ।

संयन्त्रमा कांग्रेसका तर्फबाट जिल्ला सभापति खनाल, सचिव ध्रुवराज पोख्रेल, वरिष्ठ जिल्ला सदस्य मिलनबाबु श्रेष्ठ रहेका छन्। जिल्ला उपसभापति राजीव न्यौपानेलाई आमन्त्रित सदस्यको रुपमा राखिएको छ।

यस्तै, नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष कमल पाठक, सचिव प्रकाश ढुंगाना र जिल्ला इन्चार्ज देवी ज्ञवाली संयन्त्रमा रहेका छन्। एमालेको तर्फबाट आमन्त्रित सदस्यमा कृष्णभक्त पोखरेललाई राखिएको जिल्ला सभापति खनालले जानकारी दिए।

उनले भने, ‘सरकारलाई तल्लो तहसम्म विकासको मूल प्रवाहमा जोड्ने उद्देश्यले संयन्त्र निर्माण गरिएको हो।’ यसले कांग्रेस र एमालेबीच हुने तल्लो तहको द्वन्द्वलाई न्यूनीकरण गर्ने उनले बताए।

यसैबीच संयन्त्रको बैठकले चितवन जिल्लाको सातवटै स्थानीय तहमा तीन/तीन जनाको संयन्त्र निर्माण गरी वर्तमान सरकारको केन्द्रीय संरचना र भावनाअनुरूप स्थानीय तहमा गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ। संयन्त्रको अध्यक्षता प्रत्येक बैठकमा आलोपालो हुने जनाइएको छ। रासस

प्रकाशित: १७ मंसिर २०८१ १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast