कीर्तिपुरको मेयर पदमा कांग्रेसको अग्रता कायमै, माओवादी तेस्रो

हिमाल प्रेस १७ मंसिर २०८१ ८:०५
144
SHARES
कीर्तिपुरको मेयर पदमा कांग्रेसको अग्रता कायमै, माओवादी तेस्रो

काठमाडौँ- कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। जारी मतगणनामा कांग्रेसका कृष्णमान डंगोल ७८९, नेकपा एमालेका सुरेन्द्र मानन्धरले ६६६, नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४६५ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ले ४१८ र दिनेशकुमार अधिकारले २३६ मत प्राप्त गरेका छन्। अघिल्लोपटक कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मीले जितेका थिए।

कीर्तिपुर नगरपालिका १ मा कांग्रेस विजयी भएको छ । यसअघि एमालेले जितेको कीर्तिपुर १ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत ल्याएर विजयी भएका छन्।

प्रकाशित: १७ मंसिर २०८१ ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast