
काठमाडौँ- रौतहटको गढीमाई नगरपालिका–८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी भएका छन् ।
यादवले ६५५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी जीउती देवी यादवले ६३१ मत प्राप्त गरिन्। कांग्रेसका सुवोद कुमार यादव ६१७ मतका साथ तेस्रो स्थानमा रहे।
रौतहट समाजवादीका अध्यक्ष माधवकुमार नेपालको विजयी बनेका थिए। उनी गएको निर्वाचनमा पनि रौतहटबाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
प्रकाशित: १७ मंसिर २०८१ ७:०२
प्रतिक्रिया