काठमाडौँ- कीर्तिपुर नगरपालिकाको मेयर पदको पछिल्लो मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ। वडा नम्बर एकको बाघभैरव मन्दिर: क, ख र गको गणना गर्दा कांग्रेसका कृष्णमान डंगोलले ४६४ मत प्राप्त गरेका हुन्।
स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ३५५ मत प्राप्त गरेका छन्। नेकपा माओवादीका शिवशरण महर्जनले ३३४ मत र नेकपा एमालेका सुरेन्द्र मानन्धरले ३२७ मत प्राप्त गरेका छन्।
यस्तै राप्रपाले ५९ मत प्राप्त गरेको छ। अहिलेसम्म ८० वटा मत बदर भएको छ। यसपछि यहाँ वडा नम्बर १ को अध्यक्षको मत गणना गर्ने तयारी छ। यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका थिए। उनले ९०४३ मत प्राप्त गरेका थिए।
वडा नम्बर १ को अध्यक्ष पदमा पनि कांग्रेसका हिरालाल महर्जनले ७७८ मत प्राप्त गरी विजयी बनेका थिए। यस्तै वडा नम्बर ४ मा श्यामकुमार अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका थिए। तीनै जना जनप्रतिनिधिको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।