मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीलाई फराकिलो अग्रता, पछ्याउँदै कांग्रेस-एमाले

हिमाल प्रेस १७ मंसिर २०८१ ६:१८
48
SHARES
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीलाई फराकिलो अग्रता, पछ्याउँदै कांग्रेस-एमाले

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीले अग्रता बढाउँदै लगेको छ। निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार ग्रामथानका माओवादी उम्मेदवार नमो नारायण माझीले झण्डै एक हजार २७७ मतको अग्रता बनाइसकेका छन्।

उनले तीन हजार सात सय ४५ मत पाउँदा कांग्रेसका बलराम सरदार थारुले दुई हजार चार सय ६४ मत पाएका छन्। एमालेका तुलसीराम विश्वासले अहिलेसम्म एक हजार ६ सय १८ मत पाएका छन्।

यसअघि नेपाली कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए। माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो। तर अहिले माओवादी उम्मेदवारले सुरुदेखि नै अग्रता बनाइरहेका हुन्।

२०७९ को स्थानीय तहको निर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए। उनले ७६०५ मत पाएका थिए।

त्यतिबेला एमालेका शिव नारायण माझी थारुले ६०९३ मत र माओवादी केन्द्रका विजय कुमार सरदारले २७२७ मत पाएका थिए।

प्रकाशित: १७ मंसिर २०८१ ६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast