उपनिर्वाचन : ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी

हिमाल प्रेस १६ मंसिर २०८१ २१:४०
30
SHARES
उपनिर्वाचन : ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी

काठमाडौँ– ओखलढुंगाको मोलुङ गाउँपालिका-५ अध्यक्षको उपनिर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका गंगाबहादुर तामाङ ३९९ मत ल्याएर विजयी भएका हुन्।

प्रत्यासी कांग्रेसका घनश्याम दाहालले १७७ मत ल्याए। रास्वपाका उम्मेदवार विष्णु पोखरेलले १५१ र माओवादी केन्द्रका मानबहादुर सुनुवारले २३ मत प्राप्त गरे।

यहाँ कुल मत ७६८ मत खसेको थियो। कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गोपी कार्कीको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।

प्रकाशित: १६ मंसिर २०८१ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast