निर्वाचन आयोगले भन्यो : मतदान केन्द्रमा मत संकेत भएको पहिरन नलगाउनु

हिमाल प्रेस १५ मंसिर २०८१ १६:२९ | Saturday, November 30, 2024
निर्वाचन आयोगले भन्यो : मतदान केन्द्रमा मत संकेत भएको पहिरन नलगाउनु

काठमाडौँ- निर्वाचन आयोगले मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज नलगाउन निर्देशन दिएको छ।

आइतबार हुन लागेको स्थानीय तह उपननिर्वाचनको सन्दर्भमा तीनबुँदे निर्देशन जारी गर्दै आयोगले यस्तो बताएको हो।

आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जारी गरेको निर्देशनमा मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमका सांकेतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन बन्देज गरिएको छ।

त्यस्तै मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नपाउने निर्देशनमा भनिएको छ।

जारी भएको निर्देशनविपरित मतदानका दिन कुनै कार्य गरेको पाइए केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले तत्काल कारबाही गर्न सक्ने आयोगले जनाएको छ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त भएका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्ष पदका लागि आइतबार बिहानबाट मतदान हुँदैछ।

प्रकाशित: १५ मंसिर २०८१ १६:२९ | Saturday, November 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast