‘प्रचण्डले प्रधानमन्त्री बनिदिन कांग्रेसलाई हप्ता हप्तामा खबर पठाउनुहुन्छ’

हिमाल प्रेस १३ मंसिर २०८१ २०:०१ | Thursday, November 28, 2024
‘प्रचण्डले प्रधानमन्त्री बनिदिन कांग्रेसलाई हप्ता हप्तामा खबर पठाउनुहुन्छ’

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई सरकारको नेतृत्व आग्रह गरिरहेको खुलासा गरेका छन्।

बिहीबार कीर्तिपुरको उपनिर्वाचनमा चुनावी सभालाई सम्बोधन गर्दै उनले माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बनिदिन हप्ता हप्तामा आग्रह गर्ने गरेको बताएका हुन्।

थापाले अहिलेको गठबन्धनप्रति कांग्रेस इमानदार रहेको प्रस्ट पारे। कांग्रेस इमानदारीपूर्वका यो गठबन्धनलाई अगाडि बढाउन चाहेको उनको भनाइ थियो।

महामन्त्री थापाले सरकार हेरफेर गर्न नभइ परिणाम दिने गरी काम गरिरहेको उल्लेख गरे। उनले सरकारलाई स्थिर बनाउन कांग्रेस दृढताका साथ अगाडि बढिरहेको बताए।

‘हामी अहिले एमालेसँगको यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छौँ। परिणाम दिन चाहन्छौँ। अहिले पनि प्रचण्ड हप्तामा एकपटक प्रधानमन्त्री बनिदिन प्रचण्डले खबर पठाउनुहुन्छ,’ थापाले भने।

प्रकाशित: १३ मंसिर २०८१ २०:०१ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast