यस्तो थियो अघिल्लो चुनावमा कीर्तिपुरको नतिजा

हिमाल प्रेस १३ मंसिर २०८१ १७:१० | Thursday, November 28, 2024
यस्तो थियो अघिल्लो चुनावमा कीर्तिपुरको नतिजा उपनिर्वाचनको तयारीबारे जानकारी दिँदै कीर्तिपुर नगरपालिकाकी प्रमुख निर्वाचन अधिकृत इन्दिरा कार्की। तस्बिर : रासस

काठमाडौँ- स्थानीय तहको उपनिर्वाचनअन्तर्गत १६ गते देशका विभिन्न स्थानीय तह र वडा गरी ४४ स्थानमा मतदान हुँदैछ। यसका लागि निर्वाचन आयोगले सबै तयारी पूरा गरिसकेको जनाएको छ। आयोगकी प्रवक्ता नीता अर्याल पोखरेलका अनुसार निर्वाचन प्रचारप्रसार निषेध अवधि बिहीबार रातिदेखि सुरु हुनेछ।

देशभरका ४४ स्थानमा हुने मतदानमध्ये कीर्तिपुर नगरपालिकाको चुनावमा भने धेरैको चासो छ। प्रमुख दलका शीर्ष नेताहरूले त्यहाँ पुगेर चुनावी घरदैलो पूरा गरेका छन्। उक्त नगरपालिकाका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुन आकलन गरिएको छ।

कीर्तिपुर नगरपालिकाको प्रमुखमा २० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। विभिन्न दलका तर्फबाट नौ जना र ११ जना स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिएका हुन्।

कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर, माओवादी केन्द्रबाट शिवशरण महर्जन र राप्रपाबाट ध्रुव महर्जन उम्मेदवार बनेका छन्।

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार राजकुमार नकर्मी ९,०४३ मत ल्याई विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार केशरत्‍न बज्राचार्यलाई ३,५३६ मतान्तरले पराजित गरेका थिए।

पराजित केशरत्‍न बज्राचार्यले ५,५०७ मत ल्याएका थिए। गत साउन १० गते मेयर राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: १३ मंसिर २०८१ १७:१० | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast