चीनसँगको मामिलामा अन्य राष्ट्रले चासो लिनु ठीक होइन : प्रदीप ज्ञवाली

हिमाल प्रेस १३ मंसिर २०८१ ९:४३ | Thursday, November 28, 2024
चीनसँगको मामिलामा अन्य राष्ट्रले चासो लिनु ठीक होइन : प्रदीप ज्ञवाली

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सो परियोजनाको कार्यान्वयन ढाँचाबारे सत्तारुढ दल कांग्रेस र एमालेबीच नै फरक धारणा आइरहेका बेला उनले त्यसलाई गिजोल्ने गरी विवादमा तान्न नहुने बताएका हुन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उपमहासचिव ज्ञवालीले सो परियोजना चीनसँगको द्विपक्षीय सम्बन्धको मामिला भएकाले त्यसमा अन्य राष्ट्रले चासो लिनु उचित नभएको टिप्पणी गरे।

उनले नेपालले कुनै पनि देशको अहित नचाहने भएकाले अन्य देशले पनि नेपालको आन्तरिक मामिलामा चासो लिन नहुने स्पष्ट पारे।

प्रकाशित: १३ मंसिर २०८१ ९:४३ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast